Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • वामदेव गौतम भन्छन्- सरकारले उच्च शिक्षा पूर्ण रूपमा निःशुल्क गराउन सक्नुपर्छ

    वामदेव गौतम भन्छन्- सरकारले उच्च शिक्षा पूर्ण रूपमा निःशुल्क गराउन सक्नुपर्छ

    अनलाइन नेपाल
  • शुक्रबार, २९ बैशाख २०८०
  • 672
    SHARES

    काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सरकारले उच्च शिक्षा पूर्ण रूपमा निःशुल्क गराउन सक्नुपर्ने बताएका छन् ।

    शुक्रबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।



    सरकारले स्वदेशमा नै उच्च गुणस्तरीय शिक्षा दिने ग्यारेन्टी गरेर विद्यार्थीहरूलाई विदेश अध्ययनका लागि जान रोक लगाउनुपर्ने उल्लेख गरे ।



    शैक्षिक शक्ति निर्माण गर्न र विश्वमा प्रतिष्पर्धा गर्न सक्ने जनशक्ति निर्माण गर्ने कुराको ग्यारेन्टी विश्वविद्यालयले लिन सक्नुपर्ने गौतमको भनाइ छ ।

    सदस्य गौतमले नेपाललाई चाहिने विज्ञ जनशक्ति कसरी नेपालमा नै उत्पादन गर्नका लागि राज्य संवेदनशील हुनुपर्नेमा जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार