Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • भुटानी शरणार्थी प्रकरण

    टोपबहादुर रायमाझी काठमाडौंबाटै पक्राउ

    टोपबहादुर रायमाझी काठमाडौंबाटै पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ३१ बैशाख २०८०
  • 2.9K
    SHARES

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

    केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लगायत निकायबाट खटिएको टोलीले उनलाई आइतबार साँझ बुढानीलकण्ठको पासीकोटबाट पक्राउ गरेको हो ।



    वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार थिए । अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका उनी त्यहीँबाट फरार थिए ।



    सोही साँझ उनका छोरा सन्दीपलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको थियो । नक्कली भुटानी शर्णार्थी प्रकरणमा हालसम्म १०६ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले २३ करोड २५ लाख ठगी भएको भनी प्रहरीमा जाहेरी दिएका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार