Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • युवतीलाई आर्थिक प्रलोभनमा पारी गेष्ट हाउसमा वेश्यावृत्ति, संलग्न दुईजना पक्राउ

    युवतीलाई आर्थिक प्रलोभनमा पारी गेष्ट हाउसमा वेश्यावृत्ति, संलग्न दुईजना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ५ जेष्ठ २०८०
  • 978
    SHARES

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा एक गेष्ट हाउसमा वेश्यावृत्ति गराएको आरोपमा दुईजना पक्राउ परेका छन् । जिल्लाको बनेपा नगरपालिका वडा नं. १० पुलबजारस्थित गेष्ट हाउस एण्ड खाजा घरमा वेश्यावृत्ति गराएको आरोपमा लालमान तितुङ र श्याम लामा पक्राउ परेका हुन् ।

    प्रहरीका अनुसार पक्राउ परेका ४२ वर्षीय लालमान मकवानपुर जिल्ल्ला बागती गाउँपालिका वडा नं. ७ स्थायी घर भई बनेपामा गेष्ट हाउस सञ्चालनक हुन् भने वर्ष २० का श्याम काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका लामाटोल घर भई खाजा घरमा काम गर्दै आएका थिए ।प्रहरीले गेष्ट हाउसबाट ५ जना नाबालिका र किशोरीको उद्धार गरेको पनि जनाएको छ ।



    वेश्यावृत्ति भइरहेको भन्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले गेष्ट हाउसबाट ५ जना नाबालिका र किशोरीको उद्धार गरेको छ ।



    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार उद्धार गरिएका किशोरीहरुले होटलका संचालकहरुले ललाइफकाइ, आर्थिक प्रलोभनमा पारी, विश्वास दिलाइ होटलमा आउने ग्राहकहरूसँग जबरजस्ती शारीरिक सम्पर्क गर्न बाध्य बनाउने गरेको बताएका छन् ।

    पक्राउ परेका गेष्ट हाउस सञ्चालकहरुलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम जाहेरी दरखास्त लिई जिल्ला अदालत धुलिखेलबाट ७ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार