Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • क्याफेमा अनैतिक यौनधन्दा, रोशीका युवक पक्राउ

    क्याफेमा अनैतिक यौनधन्दा, रोशीका युवक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ८ जेष्ठ २०८०
  • 807
    SHARES

    काभ्रे । काभ्रेबाट किशोरीलाई यौनधन्दामा लगाउने युवक पक्राउ परेका छन् । जिल्लाको रोशी गाउँपालिका ६ घर भई हाल बनेपा–८ मा लामा क्याफे सञ्चालन गर्दै आएका २९ वर्षीय राधाकृष्ण मैनाली पक्राउ परेका हुन् ।

    ईलाका प्रहरी कार्यालय बनेपाका अनुसार बनेपा–८ मा रहेको लामा क्याफेमा अनैतिक क्रियाकलाप भइरहेको गोप्य सूचनाको आधारमा उनलाई जेष्ठ ५ गते साँझ ५ः३० पक्राउ गरिएको हो ।



    उक्त होटलमा ३ जना किशोरीहरूलाई यौनधन्दामा लगाइएको जानकारी प्राप्त भएपश्चात अनुगमनमा जाँदा अनैतिक क्रियाकलाप गर्दै गरेको भेटिएपछि त्यहाँका किशोरीहरूलाई उद्धार गरिएको ईलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।



    उनीमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम काभ्रेपलाञ्चोक जिल्ला अदालत धुलिखेलबाट ७ दिने म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार