Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पूर्वराजा ज्ञानेन्द्रको सक्रियताप्रति बाबुरामको टिप्पणी – राजतन्त्रको भूत सल्बलाउनु बिडम्बनापूर्ण छ

    पूर्वराजा ज्ञानेन्द्रको सक्रियताप्रति बाबुरामको टिप्पणी – राजतन्त्रको भूत सल्बलाउनु बिडम्बनापूर्ण छ

    अनलाइन नेपाल
  • मंगलबार, ९ जेष्ठ २०८०
  • 612
    SHARES

    काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मृत निरंकुश राजतन्त्रको भूत सल्बलाउनु र कतिपय वृत्तमा आजभन्दा हिजो पो राम्रो थियो भन्ने भ्रम पैदा गर्न खोजिनु बिडम्बनापूर्ण रहेको बताएका छन् ।

    सोमवार पूर्वराजा ज्ञानेन्द्र शाह सुदूरपश्चिमको धनगढीमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा सहभागी भएपछि सोमवार राति डा. भट्टराईले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै सुशासन र समृद्धिको दिशामा अघि बढ्नुपर्ने बताएका हुन् ।



    उनले लेखेका छन्, ‘गणतन्त्र दिवस नजिकिँदै गर्दा देशमा विद्यमान अर्थ–राजनीतिक संकट र जनताको असन्तुष्टिको धमिलो पानीमा माछा मार्ने कोसिस गर्दै मृत निरंकुश राजतन्त्रको भूत सल्बलाउनु र कतिपय वृत्तमा आजभन्दा हिजो पो राम्रो थियो कि भन्ने भ्रम पैदा गर्न खोजिनु बिडम्बनापूर्ण छ ।’



    डा. भट्टराईले देश विकास नहुनुको कारणबारे समेत प्रश्न गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार