Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • चार हिमालबाट ३४ हजार केजी फोहोर संकलन

    चार हिमालबाट ३४ हजार केजी फोहोर संकलन

    अनलाइन नेपाल
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 570
    SHARES

    काठमाडौं । सफा हिमाल अभियान-२०२३ अन्तर्गत चार वटा हिमालबाट ३४ हजार केजी भन्दा बढी फोहोर संकलन गरिएको छ ।

    नेपाली सेना नेतृत्वको टोलीले सगरमाथा, ल्योत्से, अन्नपूर्ण र बरूणत्से हिमालबाट ३४ हजार १६६ केजी फोहोर संकलन गरेको हो ।



    यो अभियान अन्तर्गत अहिलेसम्म आधा बाटोसम्मको फोहोर संकलन भएको टोलीले जनाएको छ ।



    विश्वकै सबैभन्दा ठूलो हिमाल सरसफाइ कार्यक्रम मध्येको यो अभियानमा कोका–कोला फाउन्डेसनले प्रमुख दाताको रूपमा सहकार्य गरेको छ ।

    २८ मार्चदेखि सुरु भएको यो अभियान ५ जुनमा सकिने छ । प्रत्येक वर्ष सयौं आरोही, शेर्पा र भरियाहरूको टोली यी हिमाल चढ्न जाँदा, चुचुरामा पुग्ने बाटोमा आफूसँगै बायोडिग्रेडेबल र नन–बायोडिग्रेडेबल फोहोर छोड्ने गरेकोले फोहोर व्यवस्थापनमा समस्या आउने गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार