Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • सगरमाथा आरोहण सकेर फर्किने क्रममा फुर्वाको निधन

    सगरमाथा आरोहण सकेर फर्किने क्रममा फुर्वाको निधन

    अनलाइन नेपाल
  • बुधबार, ३ जेष्ठ २०८०
  • 705
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सगरमाथा आरोहण सकेर फर्किने क्रममा एक जनाको मृत्यु भएको छ ।

    नेपाली सेनाको सफा हिमाल अभियान २०२३ अन्तर्गत आरोहण सकेर आधार शिविरतिर फर्किँदै गर्दा अभियानमा संलग्न संखुवासभा निवासी फुर्वा शेर्पाको निधन भएको हो ।



    नेपाली सेनाको सैनिक तथा जनसम्पर्क निर्देशनालयका अनुसार फुर्वाको शव निकालेर ल्याउने प्रयास भइरहेको छ।



    त्यस्तै आरोहण गरी फर्किने क्रममा सहसेनानी दीपेन्द्रसिंह खत्री अस्वस्थ भएका थिए । उनलाई आरोहणमा संलग्न अन्य टोली समेतको सहयोगमा क्याम्प २ सम्म ल्याएर थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

    सहसेनानी खत्रीसँगै अरू तीन जनालाई पनि उपचारका लागि काठमाडौं ल्याइएको र हाल सबैको अवस्था सामान्य रहेको निर्देशनालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार