Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • हवाई यात्रामा अब कोभिड खोप साथमा बोक्नु नपर्ने

    हवाई यात्रामा अब कोभिड खोप साथमा बोक्नु नपर्ने

    अनलाइन नेपाल
  • मंगलबार, १६ जेष्ठ २०८०
  • 456
    SHARES

    काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि अनिवार्य गरेको पीसीआर नेगेटिभ रिपोर्ट प्रावधान हटाएको छ ।

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार ३१ वैशाखमा बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले हवाई यात्रुका लागि ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट वा खोप अनिवार्य गरिएको नियम हटाउने निर्णय गरेको हो ।



    साथै, अब कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नुपर्ने झन्झट पनि हटेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आइतबार एक पत्र पठाउँदै कोभिड-१९ प्रोटोकलबारे भएको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ ।



    यो नियम हटेसँगै अन्तराष्ट्रिय गन्तव्यबाट नेपाल आउने यात्रुले साथमा बोक्नु पर्ने खोपको क्यूआर कोड, पीसीआर नेगेटिभ रिर्पोट अनिवार्य बोक्नु पर्ने छैन । तर, नेपालबाट विदेश जाने यात्रुको हकमा भने सो गन्तव्य मुलुकले तोके अनुसारका कागजात बोक्नु पर्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार