Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अस्पताल भर्ना हुन अनिवार्य पीसीआरको व्यवस्था हट्यो

    अस्पताल भर्ना हुन अनिवार्य पीसीआरको व्यवस्था हट्यो

    अनलाइन नेपाल
  • शुक्रबार, २७ फाल्गुन २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले उपचारका लागि अस्पताल भर्ना हुनुपर्दा अनिवार्य रुपमा पीसीआर परीक्षण गराउनुपर्ने व्यवस्था हटाएको छ ।

    स्वास्थ्य मन्त्रालयले कोभिड–१९ संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरूलाई पीसीआर टेस्ट अनिवार्य नगराउन सम्बन्धित सबै स्वास्थ्य संस्था तथा अस्पतालहरूलाई निर्देशन दिएको छ ।



    कोरोना संक्रमण देखिन थालेसँगै अस्पतालहरुमा पीसीआर परीक्षणको व्यवस्था हुँदै आएकोमा मन्त्रालयको यो निर्णयसँगै सो व्यवस्था खारेज हुने भएको छ ।



    सरकारले संक्रमणको जोखिम कम हुँदै गएपछि बाध्यात्मक व्यवस्थालाई खुकुलो बनाउँदै गएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार