Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई ओलीको प्रश्न – भारतले संसद् भवनमा राखेको नक्साबारे केही भन्नु पर्दैन ?

    प्रधानमन्त्री प्रचण्डलाई ओलीको प्रश्न – भारतले संसद् भवनमा राखेको नक्साबारे केही भन्नु पर्दैन ?

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 615
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले सांस्कृतिक भन्दै आफ्नो नवनिर्मित संसद् भवनमा राखेको नक्सा त्रुटिपूर्ण भएको बताएका छन् ।

    मंगलबारको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    अध्यक्ष ओलीले भने, ‘म भारतलाई दोष दिन चाहन्नँ । ग्रेटर भारतको उद्देश्य यही हो भनेर त्यहाँका मन्त्रीहरु बोलिरहेका छन् । चार-चार दिन बस्दा केही भन्नुपर्दैन ? यही तरिका हो भने हामी धेरै कुरा लुज गर्छौं । नक्सा बनाउनु त्रुटि हो । प्रधानमन्त्रीको अडानहिनता देखियो । हुन त यो सरकार र गठबन्धन नै बन्दा नै कम्फर्टेबल भन्ने थियो ।’



    ओलीले प्रधानमन्त्री प्रचण्ड देशभक्त बन्नुको सट्टा भारतका लागि ‘कम्फर्टेबल’ बनेर आएको आरोप लगाए । ओलीले नेपालको मिचिएको भूभागबारे किन दिल्लीमा कुरा नगरेको भन्दै दाहालमाथि प्रश्न गरे ।

    उनले भारतका मन्त्रीहरू ग्रेटर भारतको अवधारणाअन्तर्गत यो कुरा आएको भनिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले त्यो विषय भ्रमणका क्रममा नउठाएको भन्दै आपत्ति जनाए । भारतले राखेको मुरालमा नेपालका लुम्बिनी र कपिलवस्तु समावेश छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार