Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • त्रिभुवन विमानस्थलमा चल्यो गोली, लागूऔषध कारोबारी पक्राउ

    त्रिभुवन विमानस्थलमा चल्यो गोली, लागूऔषध कारोबारी पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २८ जेष्ठ २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी)ले सिनामंगलबाट एक लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ ।

    एनसीबीको टोलीले त्रिभुवन विमास्थल नजिकैको सिनामंगल स्थित शम्भु मार्गमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा व्युरोको टोलीले गोली चलाएको हो ।



    आइतबार बिहान गोली प्रहार गरी लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिइएको एनसीबीले जनाएको छ । केएमसी अस्पतालमा उपचारका लागि लगिएको उनको नाम भने खुलिसकेको छैन् ।



    उनलाई घुँडामुनि गोली हानि नियन्त्रणमा लिइएको थियो ।  पक्राउ परेका व्यक्तिबाट केही मात्रामा लागूऔषध बरामद गरिएको छ। खैरो हेरोइन कारोबारमा संलग्न समूहका अन्य केही फरार भएका छन् ।

    गोली प्रहारपछि घाइते भएका ती व्यक्तिलाई उपचारको लागि अस्पताल लगिएको एनसीबी स्रोतले बतायो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार