Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • त्रिभुवन विमानस्थलमा गोली लागेका युवकको साथबाट एक सय ग्राम ब्राउन सुगर बरामद

    त्रिभुवन विमानस्थलमा गोली लागेका युवकको साथबाट एक सय ग्राम ब्राउन सुगर बरामद

    अनलाइन नेपाल
  • आइतबार, २८ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी)ले सिनामंगलबाट गोली प्रहार गरी नियन्त्रणमा लिएका युवकको साथबाट लागूऔषध (ब्राउन सुगर) बरामद भएको छ ।

    एनसीबीको टोलीले सिनामंगलबाट विकास भगत नाम बताउने युवकलाई गोली हानी नियन्त्रणमा लिएको थियो। खैरो हेरोइन कारोबारमा समूह नै रहेको सूचना पाएपछि प्रहरी ग्राहक बनेर उनीहरु समक्ष पुगेको थियो ।



    प्रहरीको गोली प्रहारबाट घाइते भएका भगतको साथबाट करिब सय ग्राम ब्राउन सुगर बरामद भएको छ ।



    नियन्त्रणमा लिने क्रममा कारोबारी मध्येका एकले प्रहरीलाई आक्रमण गर्न खोजेपछि उनलाई घुँडामुनि गोली हानि नियन्त्रणमा लिइएको थियो ।

    प्रहरीको गोली प्रहारबाट घाइते भएकालाई केएमसी अस्पतालमा उपचारका लागि लगिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार