Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • खैरो हेरोइन बरामद गर्न लागूऔषध कारोबारीमाथि प्रहरीले यसरी चलायो गोली

    खैरो हेरोइन बरामद गर्न लागूऔषध कारोबारीमाथि प्रहरीले यसरी चलायो गोली

    अनलाइन नेपाल
  • आइतबार, २८ जेष्ठ २०८०
  • 5.9K
    SHARES

    काठमाडौं । लागूऔषध ओसारपसारमा संलग्न गिरोह पक्राउ गर्ने क्रममा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गोली चलाएको छ । लागूऔषध नियन्त्रण ब्यूरोका सई बालकृष्ण सञ्जेलको टोलीले लागूऔषध कारोबारमा संलग्न समूहका एक जनालाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।

    त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको मूलगेट नजिकबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो । खैरो हेरोइन कारोबारमा संलग्न समूहका अन्य केही फरार भएका छन् । प्रहरीले लागूऔषध ओसार पसारमा संलग्नको आशंकामा पक्राउ गर्ने क्रममा भारतीय नागरिक विकास भगतमाथि गोली चलाएको हो ।



    भगतले भाग्ने क्रममा प्रहरीमाथि नै आक्रमण गरेपछि नियन्त्रणमा लिन सई सन्जेलले कारबाही स्वरुप फायर खोली घुँडामुनि गोली हानेका हुन् । खैरो हेरोइन कारोबारमा समूह नै रहेको सूचना पाएपछि सई सन्जेलको टोली ग्राहक बनेर उनीहरु समक्ष पुगेको थियो ।



    प्रहरीले गोली लागेर घाइते भएका भगतलाई उपचारका लागि काठमाडौं मेडिकल कलेजमा उपचार भइरहहेकाे छ ।

    भगतबाट प्रहरीले १०० ग्राम लागूऔषध नियन्त्रणमा लिएको छ । ठूलो मात्रामा लागूऔषध ओसारपसार गरेको आशंकामा ब्यूरोबाट प्रहरी निरीक्षकको टोलीले भगतलाई पछ्याएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार