Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेपालमा पहिलो पटक मङ्कीपक्स संक्रमण पुष्टि

    नेपालमा पहिलो पटक मङ्कीपक्स संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, १ असार २०८०
  • 882
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपालमा पहिलो पटक ‘एमपक्स’ अर्थात् मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति निकालेर एक जनामा मङ्कीपक्सको लक्षण देखिएर परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको जानकारी दिएको हो ।



    नमुना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा यो रोगको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा पहिलो पटक भेटिएको यो सङ्क्रमण अहिलेसम्म एक सय ११ देशमा पुष्टि भइसकेको छ ।



    स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विदेशी नागरिकमा मङ्कीपक्स देखिएको बताए । सङ्क्रमण पुष्टि भएका विदेशी नागरिक काठमाण्डौको एक अस्पतालमा डाक्टरको निगरानीमा उपचार गराइरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार