Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नयाँ दिल्लीमा पनि भेटिए मङ्कीपक्सका बिरामी

    नयाँ दिल्लीमा पनि भेटिए मङ्कीपक्सका बिरामी

    अनलाइन नेपाल
  • सोमबार, ९ साउन २०७९
  • 789
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतको नयाँ दिल्लीमा पनि मङ्कीपक्सका बिरामी भेटिएका छन् ।

    राजधानी सहरमा यो रोगका बिरामी पहिलो पटक भेटिएका हुन् । उनलाई सरकारी अस्पतालमा भर्ना गरिएको छ । उनले यसअघि कुनै देशको यात्रा गरेका थिएनन् ।



    योसँगै भारतमा मङ्कीपक्स लागेका बिरामीको सङ्ख्या चार पुगेको छ। यसअघि दक्षिणी राज्य केरलामा तीन जनामा यो रोग लागेको पुष्टि भएको थियो । अस्पतालका अनुसार बिरामीलाई ज्वरो र छालामा घाउ देखिएको भए पनि अवस्था स्थिर छ ।



    यसअघि रोग पुष्टि भएका बिरामी विदेशबाट आएका थिए । विश्व स्वास्थ्य सङ्गठनले मङ्कीपक्सलाई अन्तर्राष्ट्रिय स्वास्थ्य चिन्ताको विषय बनेको भन्दै अस्ति विश्वव्यापी जनस्वास्थ्य आपतकालीन घोषणा गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार