Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अमेरिकाको लुईस सेन्ट गोलीकाण्ड : १७ वर्षीय किशोर पक्राउ

    अमेरिकाको लुईस सेन्ट गोलीकाण्ड : १७ वर्षीय किशोर पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 660
    SHARES

    फाइल तस्विर

    एजेनसी । अमेरिकाको सेन्ट लुइसमा आइतबार भएको गोलीकाण्डमा एक किशोरको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन् ।

    सेन्ट लुइसको एउटा भवनमा पार्टी आयोजना गरिएको थियो । पार्टी चलिरहेको बेला करिब एक बजे गोली चलेको थियो ।



    मेयर टिशौरा जोन्सका अनुसार गोली लागेर १७ वर्षीय बालकको मृत्यु भएको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।



    यसैबीच, प्रहरी प्रमुख रोबर्ट ट्रेसीले आइतबार पत्रकार सम्मेलनमा भने कि यस मामिलामा १७ वर्षीय किशोरलाई हिरासतमा राखिएको छ । प्रहरीले घटनास्थलबाट एआर–१५ स्टाइलको राइफल र एक थान पेस्तोलसहित केही हतियार बरामद गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार