Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पूर्वी नेपालमा बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

    पूर्वी नेपालमा बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 759
    SHARES

    विराटनगर । कोशी प्रदेशका पहाडी जिल्लामा आएको बाढी र पहिरोका कारण ८ जनाको मृत्यु भएको छ ।

    शनिवार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी र गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ८ पुगेको हो ।



    बाढी र पहिरोमा परी २८ जना बेपत्ता भएका छन् ।संखुवासभाको सुपर हेवा खोला जलविद्युत आयोजनामा कार्यरत १८ जना मजदुर हेवा खोलाको बाढीले बगाएर बेपत्ता भएका छन् ।



    सोमबार बिहानसम्म पनि उनीहरूको अवस्था यकिन हुन सकेको छैन । पहिरोले घर पुर्दा १० र बाढीले बगाएर १८ जनासहित २८ जना बेपत्ता भएका छन् । पहिरोले पुरेर र खोलाले बगाएर ८ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा ५ पुरुष, एक बालिका र २ महिला छन् । ताप्लेजुङमा ३, पाँचथर २, भोजपुर र संखुवासभामा एक-एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा भोजपुर ट्याम्केमयुङ-८ का ३२ वर्षीय मन्दीप राई, संखुवासभाको पाँचखपनका- ९ का २६ वर्षीय सन्तोष राई, पाँचथर फालेलुङ- ४ का ८ वर्षीय जुना साउदेन, फिदिम ११ का २८ वर्षीय सन्जोग लिम्बू, ताप्लेजुङ फिदिङ्वा-६ वर्ष ३० को गणेश तामाङ, वर्ष ६७ को केशर राई र सोही ठाउँका वर्ष ३६ को सुरेश राई छन् । यस्तै एलिशा माझीको पनि मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार