Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • मन्त्रिपरिषद् बैठक

    नेपाल–चीन सीमा चिह्न पुनःस्थापनाका लागि टोली गठन गर्ने सरकारको निर्णय

    नेपाल–चीन सीमा चिह्न पुनःस्थापनाका लागि टोली गठन गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 714
    SHARES

    काठमाडौं । सरकारले नेपाल-चीनको सीमा स्तम्भ ५३-१ लाई पुनःस्थापनाका गर्ने निर्णय गरेको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तातोपानीको झ्याङ्मोमास्थित सीमा चिन्ह स्तम्भ ५३-१ लाई यथास्थानमा संयुक्तरूपमा पुनःस्थापनाका गर्नका लागि टोली गठन गर्ने निर्णय गरेको हो ।



    नेपाल–चीन सिमानाको तातोपानी झ्याङ्मोस्थित सीमा चिह्न स्तम्भ ५३-१ लाई यथास्थानमा संयुक्त रुपमा पुनःस्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।



    त्यस्तै, बैठकले धुर्मुस सुन्तली फाउन्डेसनले गिरानचौर एकीकृत नमुना बस्ती पुनर्निर्माण तथा पर्यटन प्रवद्र्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरण गर्दा लाग्ने कर छुट दिने निर्णय गरेको उनले बताइन् ।

    बैठकमा पूर्वी क्षेत्रमा बाढी र पहिरोपछि बेपत्ताको खोजी, राहत र पुनःस्थापनाको कामलाई प्रभावकारी ढंगले अघि बढाउने विषयमा छलफल भएको प्रवक्ता शर्माले जानकारी दिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार