Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ५० लाख दाइजो नपाएपछि विवाह रद्द गर्ने प्रयास, ग्रीन कार्ड होल्डर बेहुला मण्डपबाटै पक्राउ

    ५० लाख दाइजो नपाएपछि विवाह रद्द गर्ने प्रयास, ग्रीन कार्ड होल्डर बेहुला मण्डपबाटै पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १२ असार २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । दाइजो नपाएको भन्दै बिहे रद्द गर्न खोज्ने बेहुला मण्डपबाटै पक्राउ परेका छन् । मंगलबार दिउँसो २ बजे काठमाडौं महानगरपालिका-१ नक्सालस्थित लिसरा रिसेप्सन पार्टी प्यालेसको मण्डपबाटै बेहुला ३२ वर्षीय अनुराग रौनियारलाई प्रहरीले पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सुनसरी दुहवी नगरपालिका वडा नम्बर ६ स्थायी घर भई हाल काठमाडौं वडा नम्बर १३ ताहाचल बस्ने ३२ वर्षीय रौनियारलाई पक्राउ गरेको छ । उनी अमेरिकाको ग्रीन-कार्ड प्राप्त व्यक्ति भएको बुझिएको छ ।



    पार्टी प्यालेसमा विवाह हुँदै गर्दा बेहुला पक्षले पचास लाख रुपैयाँ दाइजो नदिए विवाह रद्द गर्ने धम्की दिएका थिए । साथै, बेहुलीलाई हातपात र गाली बेइज्जती गरेका थिए । सोही सूचनाका आधारमा प्रहरी पुगेर बेहुलालाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।



    प्रारम्भिक अनुसन्धानको क्रममा केटापक्षले दाइजोवापत २२ लाख रुपैयाँ लिइसकेको समेत खुलेको छ । रौनियारलाई अहिले प्रहरी वृत्त मालिगाउँमा राखिएको छ । उनीमाथि विवाह सम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर प्रहरीले अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार