Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • अमेरिकामा ठगीका नाइकेसँग रमाउँदै एआईजी भण्डारी, ३० वर्षे हटाएर आईजीपी बन्ने दावी

    अमेरिकामा ठगीका नाइकेसँग रमाउँदै एआईजी भण्डारी, ३० वर्षे हटाएर आईजीपी बन्ने दावी

    अनलाइन नेपाल
  • बुधबार, १३ असार २०८०
  • 4.8K
    SHARES

    काठमाडौं । संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका नेपाल प्रहरीका एआईजी सन्दिप भण्डारीले विवादास्पद र ठगीमा मुछिएका व्यक्तिलाई भेटघाट गरेर संगठनको साख घटाउने काम गरेका छन् । इन्सपेक्टरबाट डिएसपी बढुवामा आर्थिक चलखेल गरी ठूलो विवादमा तानिएका एआईजी भण्डारी दुई साता अघि गृह मन्त्रालयका सचिव दिनेश भट्टराई नेतृत्वको टोलीसँग अमेरिका भ्रमणमा गएका थिए । शान्ति सुरक्षा सम्बन्धि गोष्ठी सकेर गृहसचिव भट्टराई र भ्रमण टोलीमा रहेका सहसचिव केदारनाथ शर्मा गत शुक्रबार नै नेपाल फर्किसकेका छन् । तर, एआईजी भण्डारी भने विदा लिई विवादास्पद र ठगीमा मुछिएका व्यक्तिसँग कुम जोडेर घुमिरहेका छन् ।

    बाल्लिटमोर एशोसियसन अफ नेप्लीज इन अमेरिका (बीएएनए) ले असार १२ गते आयोजना गरेको भेटघाट तथा स्वागत कार्यक्रममा सहभागी भएका भण्डारीसँग ठगीका नाइके मोहनजंग थापा देखिएका थिए ।



    अमेरिकामा सयौं चेक बाउन्स, ठगी र नक्कली सवारी चालक परिचयपत्र (लाइसेन्स) जस्तो गम्भीर मुद्दामा जेल बसेर निस्किएका र अहिले पनि ठगी मुद्दा भोगिरहेका थापा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य समेत हुन् । उनले नेपालमा समेत दर्जनौ व्यक्तिलाई ठगी गरेको भन्दै प्रहरीमा उजुरी  परेका थिए । गृहमन्त्री नारायणकाजी श्रेष्ठले विश्वास गरेका एआईजी भण्डारीले उनै थापालाई प्रिय पात्र बनाई अमेरिकाका विभिन्न शहरहरु घुमिरहेका मात्रै छैनन्, थापाले नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि हटेपछि आईजीपी बनाउने दावी समेत गरेका छन् ।



    कार्यक्रममा भण्डारीले स्वागत मन्तव्य दिएपछि थापाले ‘उहाँ एआईजी होइन आईजीपी बन्नु पर्ने मान्छे हो, ३० वर्षे हटेपछि उहाँ आईजीपी बन्नुहुन्छ’ भन्दा भण्डारी मख्ख परेको भिडियोमा प्रष्ट देखिन्छ । कार्यक्रम सकिएपछि एआईजी भण्डारीले आफू अब चाँडै नै आईजीपी बन्ने दावी गरेको कार्यक्रममा सहभागी एक व्यक्तिले अनलाइन नेपालसँग बताए । जबकी एआईजी भण्डारी उमेर हदका कारण वर्तमान आईजीपी बसन्तबहादुर कुँवर भन्दा ११ महिना अगाडि नै अवकाश हुँदैछन् । भण्डारी २०८१ बैशाख ६ गते नै एआईजीको ५६ वर्षे उमेरहदका कारण अवकाशमा जाँदैछन् ।

    को हुन् थापा ?
    मोहनजंग थापा अमेरिकामा काण्डै काण्डमा जेलमा परेर निस्किएका व्यक्ति हुन् । थापा अहिले पनि रवि लामिछानेकै नाम बेच्दै पछिल्लो समयमा ठगीधन्दालाई मलजल पुर्याइरहेका छन् । अमेरिकाको बाल्टिमोरमा बसेर नेपाल आवत–जावत गर्ने थापाले नेपाल प्रहरीका एक पूर्व उच्च अधिकारीको काठमाडौंमा रहेको घर बैना गराइदिने नाममा जापानबाट पैसा मगाएर २५ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।

    उनले रवि लामिछानको नाम लिएर पार्टीको स्थापनाकालदेखि नै ठगी गर्दै आएका घटना एकपछि अर्को गरी सार्वजनिक भइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा पैसा उठाएका थापाले पीडितहरुलाई उल्टै धम्की दिने गरेको कुरा पनि ब्यवसायीहरुबाटै बाहिर आएको छ । अमेरिकी बैंकको चेक दिएर विभिन्न व्यक्तिहरुलाई लाखौं रकम ठगी गर्दै आएका थापाले जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीलाई आफूले नै लगेको भन्दै पीडितहरुलाई उल्टै धम्क्याउदै आएको पनि खुलेको छ ।

    थापाले केसी थरका एक व्यवसायीबाट पनि ७५ लाख रकम ठगी गरेका छन् । तर त्यो पैसा पटक–पटक फिर्ता माग्दा पनि नदिई उल्टै धम्की दिने गरेका छन् । रवि लामिछाने गृहमन्त्री छँदा थापाले प्रहरीको सरुवा बढुवा गराइदिने भनेर असुली सुरु गरेको आरोप लाग्दै आएको छ । उनले आफूलाई अमेरिकाको ठूलो व्यवसायी भएको भ्रम छर्दै ठगी गर्ने गरेका छन् । थापाविरुद्ध अमेरिकामा २ सयभन्दा बढी मुद्दा चलेको थियो । जसमध्ये अधिकांश मुद्दामा उनी दोषी ठहर भएका छन् । उनी फर्जी लाइसेन्स र परिचयपत्र बनाएकोमा दोषी ठहर भएर अमेरिकाको जेल परेका व्यक्ति समेत हुन् ।

    थापाविरुद्धको नक्कली सवारी चालक परिचयपत्र (लाइसेन्स) र परिचयपत्र बनाएको जस्तो गम्भीर मुद्दा पनि लागेको थियो । उक्त प्रकरणमा २००२ अक्टोबरमा पक्राउ परेका थापा केही वर्ष जेल बसेर निस्किएका थिए ।

    भिडियो हेर्नुहोस्

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार