Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • दक्षिण कोरियामा अब जन्मदिनका आधारमा नै उमेर गणना

    दक्षिण कोरियामा अब जन्मदिनका आधारमा नै उमेर गणना

    अनलाइन नेपाल
  • बिहिबार, १४ असार २०८०
  • 816
    SHARES

    सियोल । दक्षिण कोरियामा जन्मदिनका आधारमा उमेर गणना हुने नयाँ व्यवस्था बुधवारबाट कार्यान्वयनमा आएपछि नागरिकको उमेर घट्ने भएको छ ।

    दक्षिण कोरियामा यस पहिलेको कानुनी व्यवस्था अनुसार गर्भको समयलाई समेत समेट्दै जन्मको बखत दक्षिण कोरियालीहरूलाई एक वर्षको गणना गर्ने गरिन्थ्यो ।



    साथै सबैलाई उनीहरूका जन्मदिनमा वर्षवृद्धि गर्ने प्रचलन नभई जनावरी १ मा वर्षवृद्धि गर्ने चलन थियो । नयाँ कानुन अभ्यासमा आएसँगै यो गणना गर्ने पद्धति पनि खारेज भएको छ ।



    राष्ट्रपति यून सङ योलले आफ्नो चुनावी प्रतिवद्धता अनुसार परम्परागत उमेर गणना विधिलाई हटाइएको हो । उहाँले गत वर्ष चुनावी प्रतिस्पर्धा गर्दा यस्तो परिवर्तन गर्ने विषयलाई जोडदार रूपले उठाएका थिए ।

    ती परम्परागत उमेर गणनाका विधिले ‘अनावश्यक सामाजिक र आर्थिक मूल्य चुकाउनु परेको’ उनले बताए ।

    यस विधिले बिमाको भुक्तानी र सरकारी सहायता कार्यक्रममा सहभागी हुन योग्य हुने उमेर निर्धारणका क्रममा विवादहरू सिर्जना भएका थिए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार