Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • साहित्यकार विजय खरेलको निधन

    साहित्यकार विजय खरेलको निधन

    अनलाइन नेपाल
  • सोमबार, १८ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । झापाका साहित्यकार विजय खरेलको ७७ वर्षको उमेरमा सोमबार बिहान ३ बजे निधन भएको छ । श्रीमती पार्वतीसहित अमेरिका घुम्न गएका खरेलको उपचारको क्रममा मृत्यु भएको हो ।

    उनलाई उच्च ज्वरो आएको र शरीरभरि संक्रमण फैलिएपछि चार दिनयता भेन्टिलेटरमा राखेर राखेर टेक्सासको स्थानीय अस्पतालमा उपचार गरिँदै थियो ।



    २००३ सालमा झापाको मेचीनगर वडा नं. ६ काँकडभिट्टामा जन्मिएका खरेल २०६० को दशकदेखि साहित्य लेखनमा सक्रिय थिए ।



    उनका उपन्यास, कथा, निबन्ध, हाँस्यव्यंग्य, कविता, एकांकी लगायतका १५ वढी कृति प्रकाशित छन् । यो वर्ष मात्रै उनका तीन कृति प्रकाशित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार