Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • गुण्डा नाइके समिरमान बस्नेतलाई जन्मकैदको सजाय

    गुण्डा नाइके समिरमान बस्नेतलाई जन्मकैदको सजाय

    अनलाइन नेपाल
  • बुधबार, २० असार २०८०
  • 5.1K
    SHARES

    काठमाडौं । काठमाडौं जिल्ला अदालतले गुण्डा नाइके समिरमान सिंह बस्नेतलाई जन्मकैदको फैसला सुनाएको छ ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बस्नेतसहित अम्बरबहादुर रानालाई जन्मकैदको फैसला सुनाएको हो ।



    २०७४ असोज २३ गते नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनमाथि शान्तिनगरमा गोली प्रहार गरी हत्या गरिएको थियो ।



    नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचन हत्या अभियोमाग पक्राउ परेका बस्नेत र रानालाई जन्मकैदको सजाय भएको हो ।

    त्यस्तै सोही अभियोगमा पक्राउ परेका लोप्साङ लामा भन्ने सोम तामाङलाई १५ वर्ष, समिरमानकी श्रीमती माया शेरचनलाई १० वर्ष कैद र ६० हजार रुपैयाँ जरिवानाको फैसला भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार