Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • पूर्व गृहमन्त्रीका भाइपछि डीएसपी केसीलाई फसाए डन बस्नेतले , छानविनका लागि मेट्रो तानिए केसी

    पूर्व गृहमन्त्रीका भाइपछि डीएसपी केसीलाई फसाए डन बस्नेतले , छानविनका लागि मेट्रो तानिए केसी

    अनलाइन नेपाल
  • मंगलबार, ३१ जेष्ठ २०७९
  • 2.3K
    SHARES

    काठमाडौं । केन्द्रीय कारागारमा रहेका गुण्डा नाइके समीरमानसिंह बस्नेतलाई  जेलभित्रै पुगेर भेट्ने स्वयम्भु वृत्तका डीएसपी मिलन केसी छानबिनका लागि उपत्यका प्रहरी कार्यालय (मेट्रो) तानिएका छन् ।

    गत आइतबार बिना जानकारी  डीएसपी  केसीले गुण्डा नाइके समीरमानसिंह बस्नेतलाई  भेटेको जानकारी पाएपछि केसीलाई थप छानबिनका लागि मेट्रो तानिएको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी रविन्द्र धानुकले बताए ।



    जेलमा रहेका कैदीलाई अनुसन्धानका लागि प्रहरी भेट्न जाने कुरा सामान्य हो। तर डीएसपी केसी बिदाका दिन बिना कुनै जानकारी भेट्न जानुलाई आचरणविपरित मात्र नभई आपराधिक मानसिकता नै हुनसक्ने प्रहरी स्रोत वताउँछ ।



    सो घटनाबारे काठमाडौं परिसरले पनि एसपी दिनेशराज मैनालीको नेतृत्वमा तीन सदस्यीय छानिबन समिति गठन गरेको  छ ।

    निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २०७४ असोज १३ गते गोली हानी हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका बस्नेत  अहिले केन्द्रीय कारागारमा जेल जीवन बिताइरहेका छन् ।

    समीरमानलाई भेट्न डीएसपी केसी अर्का गुण्डा नाइके अमृत केसीलाई लिएर कारागार पुगेको खुलेको छ । केही समयअघि तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सहोदर भाइलाईसमेत प्रयोग गरेर बस्नेतले जेलभित्रबाटै आपराधिक धन्दा सञ्चालन गरेको आरोप लागेको थियो । डिल्लीबजार कारागारमा डेढ वर्षको सजाय काटेर नरेश थापाको रिहाइ भइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार