Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • जेलमै गएर गुण्डा नाइकेलाई भेट्ने डिएसपी केसीमाथि विभागीय कारवाही

    जेलमै गएर गुण्डा नाइकेलाई भेट्ने डिएसपी केसीमाथि विभागीय कारवाही

    अनलाइन नेपाल
  • बुधबार, २२ असार २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । जेलमै गएर गुण्डा नाइकेलाई भेट्ने डिएसपी मिलन केसीमाथि विभागीय कारवाही भएको छ ।

    गुन्डा नाइके समीरमान बस्नेतलाई जेलमै भेट्न गएका प्रहरी वृत्त स्वयम्भुका तत्कालीन प्रमुख प्रहरी नायब उपरीक्षक केसीलाई प्रहरी प्रधान कार्यालयले विभागीय कारबाही गरेको हो ।



    प्रहरी प्रधान कार्यालयले उनलाई नसिहत दिएको हो । केसीलाई ट्र्याक रेकर्ड राख्ने गरी नसिहत दिइएको प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीले जानकारी दिए ।



    डीएसपी केसीले बिदाका दिन २९ जेठ गते हत्या आरोपमा जेलमा रहेका गुन्डा नाइके समीरमानसिंह बस्नेतलाई भेटेका थिए ।

    हत्या अभियोगमा केन्द्रीय कारागारमा रहेका गुन्डा नाइके समिरमानसिंह बस्नेतलाई डिएसपी मिलन केसीले भेटेको समाचार बाहिरिएपछि काठमाडौं जिल्ला परिसरले एसपी दिनेशराज मैनालीको संयोजकत्वमा छानविन समिती गठन गरेको थियो ।

    मैनालीको समितिले प्रतिवेदन बुझाएको थियो । सोही आधारमा डिएसपी केसीमाथि विभागीय कारबाही भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार