Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • जेलमै गएर गुण्डा नाइकेलाई भेटने डिएसपीमाथि विभागीय कारवाही सिफारीस

    जेलमै गएर गुण्डा नाइकेलाई भेटने डिएसपीमाथि विभागीय कारवाही सिफारीस

    अनलाइन नेपाल
  • सोमबार, ६ असार २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । जेलमै गएर गुण्डा नाइकेलाई भेटने डिएसपी मिलन केसीमाथि विभागीय कारवाही सिफारीस भएको छ ।

    हत्या अभियोगमा केन्द्रीय कारागारमा रहेका गुन्डा नाइके समिरमानसिंह बस्नेतलाई डिएसपी मिलन केसीले भेटेको समाचार बाहिरिएपछि काठमाडौं जिल्ला परिसरले एसपी दिनेशराज मैनालीको संयोजकत्वमा छानविन समिती गठन गरेको थियो । मैनालीको समितिले प्रतिवेदन बुझाएको छ ।



    डिएसपी केसीको गतिविधि ‘गैर व्यवसायिक’ भएको छानविन समितिले ठहर गरी प्रतिवेदन बुझाएको छ । डिएसपी केसीले जेठ २९ मा जिल्ला प्रहरी परिसर काठमाडौंलाई जानकारी नदिई आफुसँगैका गुण्डा नाइकेलाई लगेर केन्द्रीय कारागारमा भेटेका थिए । डिएसपी केसीले पदीय आचरण बमोजिम काम नगरेको ठहर गर्दै समितिले विभागीय कारवाही गर्न सिफारिस गरेको बताइएको छ ।



    डिएसपी केसीलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जेठ ३१ मै वृत्तबाट तानेर अनुसन्धान गरिरहेको छ । २०७४ असोजमा निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनलाई गोली हानेर हत्या गरेको घटनाका नाइके बस्नेत केन्द्रीय कारागारमा सजाय काटिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार