Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सुध्रियो एसईई नतिजा

    सुध्रियो एसईई नतिजा

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असार २०८०
  • 585
    SHARES

    काठमाडौं । गत वर्षको तुलनामा माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को परीक्षामा माथिल्लो ग्रेड (स्तरीकृत अंक) ल्याउने विद्यार्थीको संख्या सुधारोन्मुख रहेको पाइएको छ ।

    अघिल्लो वर्ष २०७८ सालको तुलनामा २०७९ को परीक्षामा तल्लो ग्रेड ल्याउने विद्यार्थी घट्दो र माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढ्दो पाइएको हो ।



    अघिल्ला वर्षमा कोभिड–१९ का कारण भौतिक माध्यमबाट पढाइ हुन नसक्दा र विद्यार्थीले पर्याप्त तयारी गर्न नपाउँदा नतिजा कमजोर रहेको विश्लेषण गरिएको थियो । तर, अहिले नियमित पठनपाठनले त्यसमा सुधार आएको विश्लेषण गरिएको छ ।



    गत १७ चैतदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए । बिहीबार प्रकाशित नतिजा अनुसार, २०७९ सालमा लिइएको परीक्षामा जीपीए ३ दशमलव ६० देखि ४ प्राप्त गर्ने विद्यार्थीको संख्या २२ हजार ४ सय ७५ रहेको छ ।

    यो भनेको ४ दशमलव ६३ प्रतिशत हो । गत वर्ष १ दशमलव ९४ प्रतिशतले मात्र ‘ए’ प्लस ल्याएका थिए । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार