Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • तीन दिनपछि सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?

    तीन दिनपछि सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?

    अनलाइन नेपाल
  • बुधबार, २७ असार २०८०
  • 582
    SHARES

    फाइल फोटो

    काठमाडौं । तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य नेपाली बजारमा बुधबार प्रतितोला ३०० रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार ६०० रुपैयाँ कायम भएको छ ।



    आइतबार, सोमबार र मंगलबार पनि छापावाल सुन प्रतितोला एक लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।



    त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

    यता चाँदी ५ रुपैयाँ बढ्दा बुधबार प्रतितोला १४ सय रुपैयाँ भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार