Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • इन्स्पेक्टरको अमानवीय हर्कत, प्रहरी कार्यालयमै जवानलाई हातखुट्टा बाधेर राखियो

    इन्स्पेक्टरको अमानवीय हर्कत, प्रहरी कार्यालयमै जवानलाई हातखुट्टा बाधेर राखियो

    अनलाइन नेपाल
  • बुधबार, २७ असार २०८०
  • 6K
    SHARES

    सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवानलाई कार्यालयमै हातखुट्टा बाधेर यातना दिएको पाइएको छ ।

    कार्यालयमा कार्यरत प्रहरी जवान अनु रायलाई हातखुट्टा बाँधेर १२ घण्टासम्म चरम यातना दिइएको घटना बाहिरिएको हो ।



    रायलाई हातखुट्टा बाँधेर १२ घण्टासम्म चरम यातना दिएको भिडीयो सार्वजनिक भएपछि उक्त घटना बाहिरीएको छ । रायलाई सोही कार्यालयमा कार्यरत इन्स्पेक्टर हेमन्त राईले यातना दिएको आरोप लगाइएको छ ।



    निरन्तर अधिक ड्युटी गराएपछि प्रहरी जवान राय इन्स्पेक्टर राईसँग गुनासो गर्न गएका थिए ।

    सो क्रममा इन्स्पेक्टर राईले तथानाम,अभद्र गाली गलौज गरेपछि आक्रोशित भएका रायले समेत इन्स्पेक्टरसँग मुखामुख गरेका थिए ।

    मुखामुख गरेकै कारण उनलाई हातखुट्टा बाँधेर १२ घण्टासम्म यातना दिएको बुझिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार