Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • रोल्पाको रुन्टीगढी गाउँपालिकाका वडाध्यक्ष पुनको निधन

    रोल्पाको रुन्टीगढी गाउँपालिकाका वडाध्यक्ष पुनको निधन

    अनलाइन नेपाल
  • बुधबार, २७ असार २०८०
  • 1.7K
    SHARES

    रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष टंकबहादुर पुनको निधन भएको छ । ३७ वर्षीय पुनको बुधवार दिउँसो उपचारका क्रममा निधन भएको हो।

    मङ्गलवार अचानक बिरामी भएका वडाध्यक्ष पुनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ लगिएको थियो ।



    स्थानीय स्वास्थ्य संस्थामा उपचार गराई औषधी सेवन गरिरहेका पुनको स्क्रब टाइफस कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।



    २०७४ साल असार १४ गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार