Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • श्रम स्वीकृति लिएर कुवेत हिँडेका ११७ जनालाई अध्यागमनले विमानस्थलबाटै फर्कायो

    श्रम स्वीकृति लिएर कुवेत हिँडेका ११७ जनालाई अध्यागमनले विमानस्थलबाटै फर्कायो

    अनलाइन नेपाल
  • बिहिबार, २८ असार २०८०
  • 861
    SHARES

    फाइल तस्विर

    काठमाडौं । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर कुवेत हिँडेका ११७ जना नेपाली कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले आइतबार फर्काईदिएको छ ।

    म्यानपावर कम्पनीमार्फत विभिन्न कम्पनीहरुमा काम गर्न भन्दै श्रम स्वीकृति लिएपनि अध्यागमनले अनौपचारिक रुपमा सोधपुछ गर्दा विदेशमा घरेलु श्रमिकका रुपमा लैजान लागेको देखिएको भन्दै फर्काएको हो ।



    बुधबार साँझ सलाम एयरमार्फत कुवेत जान लागेका १०१ जना र बिहीबार बिहान कुवेत एयरमार्फत कुवेतमा जान लगेका १६ जना श्रमिकलाई भिसा शंकास्पद रहेको भन्दै विमानस्थलबाट फर्काएको अध्यागमन विभागमा महानिर्देशक झलकराम अधिकारीले बताए ।



    स्रोतका अनुसार इन्डेक्स म्यानपावरबाट ४७, युथ म्यानपावरबाट ३२ र निलकलम एचआरबाट २४ जना, सुलभ म्यानपावरमार्फत ४ जना श्रमिकले कुवेतको भिसा लगाएर श्रम स्वीकृति पाएका थिए । जसमध्ये करिब आधा जति महिला पनि छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार