Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • ‘बगान’ हेर्न फिल्म हल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

    ‘बगान’ हेर्न फिल्म हल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

    अनलाइन नेपाल
  • बुधबार, ३ साउन २०८०
  • 687
    SHARES

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रदर्शनरत फिल्म ‘बगान’ हेरेकी छन् । उनले मंगलबार बेलुका सिभिल मलस्थित हलमा आयोजित विशेष शोमा फिल्म हेरेकी हुन् ।

    सरोज खनालको डेब्यु निर्देशन रहेको फिल्मले एकल महिलाको पुनर्विवाहको कथा देखाएको छ । समय बसेर फिल्म हेरेपछि पूर्वराष्ट्रपति भण्डारीले फिल्मले समाजमा सकारात्मक सन्देश दिएको बताईन् ।



    साथै अभिनेता मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निर्देशक तुलसी घिमिरे, पूर्वडीआईजी रमेश खरेल, संविधानविद् भीमार्जुन आचार्यले पनि पूर्वराष्ट्रपतिसँगै फिल्म हेरेका थिए ।



    लचित्र ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुसाल र मिथिला शर्मा लगायतको अभिनय छ। फिल्ममा एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण र एकल महिलाको विवाहको प्रसंगलाई चित्रण गरिएको बताईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार