Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • कांग्रेस बैठकमा गोपालमान श्रेष्ठको प्रश्न – बालकृष्ण खाँणलाई पुर्पक्षमा जानबाट रोक्न सकिन्थ्यो, किन रोकिएन ?

    कांग्रेस बैठकमा गोपालमान श्रेष्ठको प्रश्न – बालकृष्ण खाँणलाई पुर्पक्षमा जानबाट रोक्न सकिन्थ्यो, किन रोकिएन ?

    अनलाइन नेपाल
  • शुक्रबार, ५ साउन २०८०
  • 531
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले जेलमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई दोषी ठान्न नहुने बताएका छन् ।

    केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा श्रेष्ठले नक्कली शरणार्थी प्रकरणमा जेलमा रहेका पूर्वगृहमन्त्री खाँणलाई दोषी दोषी ठान्न नहुने बताएका हुन् ।



    श्रेष्ठले भने,‘एउटा साथी पुर्पक्षमा थुनिएको छ । पुर्पक्षमा जानबाट रोक्न सकिन्थ्यो होला किन रोकिएन ? पुर्पक्षमा गयो भन्दैमा त्यसलाई दोषी ठान्नुहुँदैन ।’



    नेपालीलाई नक्कली भुटानी बनाएर अमेरिका पठाउने काममा संलग्न रहेको आरोपमा पक्राउ परेका खाँण पुर्पक्षका लागि थुनामा छन् ।

    खाँणले गल्ती गरेको नगरेको निर्णय नआएको बताउँदै श्रेष्ठले पुर्पक्षमा जसलाई पनि राख्न सकिने बताए ।

    नेता श्रेष्ठले अदालतको अन्तिम फैसला नहुन्जेल कसैलाई दोषी करार गर्न नमिल्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार