Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • कांग्रेस केन्द्रीय समितिको बैठकमा गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउन प्रस्ताव

    कांग्रेस केन्द्रीय समितिको बैठकमा गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउन प्रस्ताव

    अनलाइन नेपाल
  • बुधबार, ३ साउन २०८०
  • 543
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा कांग्रेस केन्द्रिय सदस्य सीतादेवी देवकोटाले गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने प्रस्ताव गरेकी छिन् ।

    बैठकमा आफ्नो धारणा राख्ने क्रममा देवकोटाले पार्टीमा धेरै संघर्ष गरेको व्यक्ति भएको भन्दै श्रेष्ठलाई वरिष्ठ नेता बनाउन प्रस्ताव गरेकी हुन् ।



    उनले पार्टीलाई कमजोर बनाउने छुट कसैलाई नभएको उल्लेख गर्दै विदेशमा रहेकाहरुलाई स्वदेशमै फर्काउने पार्टीको कार्यक्रममा विषयमा पनि महामन्त्रीहरुलाई प्रश्न गरिन् ।



    रामचन्द्र पौडेल राष्ट्रपति भएपछि कांग्रेसमा वरिष्ठ नेता पद रिक्त छ । यद्यपि सो पदमा सभापतिमा पराजित भएका नेता डा. शेखर कोइरालाको चर्चा पनि छ । पार्टी सभापति शेरबहादुर देउवाले भने निर्णय दिइसकेका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार