Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सीटीईभीटीको मनोमानी : निर्णय नसच्याए कारबाही गर्ने चिसिआको चेतावनी

    सीटीईभीटीको मनोमानी : निर्णय नसच्याए कारबाही गर्ने चिसिआको चेतावनी

    अनलाइन नेपाल
  • बुधबार, १० साउन २०८०
  • 561
    SHARES

    काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले आफूखसी चिकित्सा शिक्षाअन्तर्गत प्रमाणपत्र तहको सिट निर्धारण गरेपछि चिकित्सा शिक्षा आयोगले निर्णय नसच्याए कारबाही गर्ने चेतावनी दिएको छ । सीटीईभीटीले प्रमाणपत्र तहमा विद्यार्थी भर्ना तथा सिट निर्धारण गरेपछि आयोगले आपत्ति जनाएको हो ।

    आयोगले सोमबार विज्ञप्ति जारी गरी सो निर्णय नसच्याए कारबाही गर्ने चेतावनी दिएको थियो । आयोगले आशयपत्र दिन गरेको निर्णयलाई अपव्याख्या गरी धमाधम सीटीईभीटीले सिट निर्धारण गरेपछि आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।



    आशयपत्र प्राप्त गरेका चिकित्सा शिक्षा पठनपाठन गर्ने संस्थाले सम्बन्धनको सिफारिसको लागि आयोगमा निवेदन दिनुपर्नेमा सीटीईभीटीले सिट निर्धारण गरी शुल्कसमेत तोकेपछि आयोगले कारबाही गर्ने जनाएको हो ।



    आयोगका सदस्य सचिव कृष्णप्रसाद काप्रीले आयोगको नियमावलीविपरीत मनोमानी ढंगले सम्बन्धन दिएर सिट तोकेपछि समस्या बढेको जिकिर गर्दै भने–‘आशयपत्र दिएपछि आयोगले समिति गठन गर्ने र नियमावलीको नियम ८ मा समितिको सिफारिसमा आयोगले स्वीकृत गर्ने कानुनी व्यवस्था छ । सो व्यवस्थाविपरीत सम्बन्धन दिइएको छ ।’

    सीटीईभीटीबाट राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को जवरजस्ती रूपमा अपव्याख्या गर्ने, आयोगको निर्देशन पालना गर्न नपर्ने भनी आयोगमा पत्राचार गर्ने जस्ता भए गरिएका काम कारबाहीप्रति आयोगले आपत्ति जनाएको हो । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार