Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सीटीईभीटीको सम्बन्धन पाएका २२८ कलेज बन्द हुँदा १५ अर्ब क्षति

    सीटीईभीटीको सम्बन्धन पाएका २२८ कलेज बन्द हुँदा १५ अर्ब क्षति

    अनलाइन नेपाल
  • बिहिबार, २५ साउन २०८०
  • 537
    SHARES

    काठमाडौं । चिकित्सा शिक्षा आयोगको कारण प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालित २ सय २८ शिक्षण संस्था बन्द भएका छन् । ती संस्था बन्द भएका कारण करिब १५ अर्ब रुपियाँ क्षति भएको बताइएको छ ।

    आयोग र सीटीईभीटीको द्वन्द्वका कारण कलेज बन्द भएपछि चिकित्सा शिक्षा सरोकार तथा संघर्ष समितिले आन्दोलन गर्ने चेतवानी दिएको छ ।



    राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार चिकित्सा शिक्षा आयोग गठन भएदेखि हालसम्म प्रि–डिप्लोमा तहका स्वास्थ्य विषयका १ सय ३७, डिप्लोमा तहका (स्टाफ नर्स) ७३ , स्नातक तह (बीएन) का १० र बीएस्सी नर्सिङका ८ गरी २ सय २८ वटा शिक्षण संस्था बन्द भएका हुन् ।



    सञ्चालित कलेजहरूको चिकित्सा, इन्जिनियरिङ, कृषिलगायत सबै तहको प्रवेश परीक्षा र छात्रवृत्ति परीक्षा स्थगित भएपछि परीक्षाको प्रतिक्षामा रहेका करिब ४३ हजार विद्यार्थीको भविष्य अन्योल भएको छ । आयोगले चिकित्सा तर्फको परीक्षा मात्र स्थगित गरेको हो ।

    सीटीईभीटीका सदस्यसचिव काफ्लेको जोडबलमा पछिल्लो समय सिट निर्धारण र भर्ना खोलेका स्वास्थ्य सम्बन्धित ४९ कलेजको कारण सबै परीक्षा स्थगित भएको हो ।

    सीटीईभीटीले स्वास्थ्यबाहेक अन्य विषयमा प्रवेश परीक्षा सञ्चालन गर्न रोक लगाएपछि अन्य विषयका विद्यार्थीलाई समेत समस्या भएको छ । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार