Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अवकाशपछि पनि पद छाड्न इन्कार गर्दै सदस्यसचिव काफ्ले

    अवकाशपछि पनि पद छाड्न इन्कार गर्दै सदस्यसचिव काफ्ले

    अनलाइन नेपाल
  • शुक्रबार, १९ साउन २०८०
  • 2.1K
    SHARES

    काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का सदस्यसचिव जीवनारायण काफ्ले कानुनविपरीत आफ्नो कार्यकाल चार वर्ष रहेको भन्दै शक्ति केन्द्र धाउन थालेका छन् ।

    उमेर हदका कारण साउन ४ गतेबाट अवकाश पाउनुपर्ने सदस्यसचिव काफ्लेले उक्त गतिविधिले परिषद्को ऐन र नियमावलीलाई धज्जी उडाएको छ ।



    सीटीईभीटी ऐनको परिच्छेद १२ को दफा १३० अनिवार्य अवकाश शीर्षकको उपदफा १ मा ५८ वर्ष पूरा भएपछि कर्मचारीले सेवाबाट अनिवार्य अवकाश पाउने उल्लेख छ ।



    सोही दफाको उपदफा २ मा परिषद् कर्मचारी सेवा, सर्त तथा सुविधासम्बन्धी नियमावलीमा अनिवार्य अवकाशको उमेर ६० वर्ष भएका बखत परिषद सेवामा स्थायी नियुक्ति पाएका कर्मचारी उपनियम १ बमोजिम स्वतः अनिवार्य अवकाश प्राप्त गर्दा निजको उपदान तथा अन्य सेवा सुविधाको गणना गर्ने प्रयोजनसम्मका लागि ६० वर्ष पूरा हुन बाँकी २ वर्ष अवधि थप गरी निजको जम्मा सेवा अवधि कायम गरिने उल्लेख छ । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार