Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • दिनदहाडै हतियार देखाएर बैंकमा लुटपाट गर्ने भारतीय युवक पक्राउ

    दिनदहाडै हतियार देखाएर बैंकमा लुटपाट गर्ने भारतीय युवक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ११ साउन २०८०
  • 1.3K
    SHARES

    महोत्तरी । महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार गत जेठ १६ गते रु १५ लाख लुटेको घटनामा साफी संलग्न थिए । चार-पाँच जनाको समूहमा आएको नकाबधारी समूहले बैंकका कर्मचारी तथा सेवाग्राहीसमेतलाई कब्जामा लिएर सो रकम लुटेका थिए । डाँका गरी नम्बर नखुलेको मोटरसाइकलमा उनीहरु फरार भएका थिए ।



    प्रहरीले घटना भएकै दिनदेखि ह्युमन इन्टेलिजेन्स, टेक्नो इन्टेलिजेन्स, क्राइम पेटर्न एनालाइसिस, सूत्र परिचालन, नेपाल प्रहरीको विशिष्टिकृत एजेन्सीको सहयोग, अन्तरसंस्था र अन्तरदेशीय समन्वयको आधारमा बुधबार साँझ महोत्तरी जिल्लाकै मटिहानी नगरपालिका–८ स्थित नेपाल भारत सीमा नजिकैबाट उक्त घटनामा संलग्न रहेको आरोपमा युवक अजय कुमारलाई पक्राउ गर्न सफल भएको हो ।



    साथै प्रहरीले घटनामा संलग्न अन्य तीन÷चार जनाको पनि पहिचान गरिसकेको तर अनुसन्धान गोपनीयताको कारण सबैको नाम, ठेगाना उल्लेख गर्न नसकिने जनाएको छ । अन्य फरार व्यक्तिको पनि खोजतलास व्यापकरुपमा भइरहेको र चाँडै पक्राउ गरी सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार