Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन : जनार्दन शर्मा

    सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन : जनार्दन शर्मा

    अनलाइन नेपाल
  • बुधबार, १७ साउन २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको बताएका छन् ।

    कमलादीस्थित प्रज्ञा भवनमा सुरु हुने केन्द्रीय कमिटी बैठकमा सहभागी हुन पुगेका उपमहासचिव शर्माले यस्तो बताएका हुन् । उपमहासचिव शर्माले सुन तस्करी प्रकरणबारे छानबिन गर्न समिति आवश्यक नपर्ने बताए ।



    उपमहासचिव शर्माले भने,’राजश्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेकै छ। किन चाहियो उच्चस्तरीय समिति रुविपक्षीलाई आग्रह छ, छानबिन भइराखेको छ। छानबिन हुन दिनुहोस्। चित्त नबुझ्दा तपाईंले उठाएको विषय फेरि उठ्ला।’



    सुन प्रकरण अनुसन्धानमा सहयोग गर्न एमालेलाई उनको आग्रह छ। अर्का उपमहासचिव वर्षमान पुनले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गरिरहेका बेला शर्माले यस्तो अभिव्यक्ति दिएका हुन् ।

    प्रतिपक्ष दल नेकपा एमालेले उच्चस्तरी समितिको माग गर्दै आएपछि संसद बैठक समेत बस्न सकेको छैन। प्रमुख प्रतिपक्षी एमालेले उक्त प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने भन्दै साउन १० देखि प्रतिनिधिसभा बैठक कारबाही अवरुद्ध गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार