Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई शर्माको प्रश्न – अध्यक्ष कमरेडले भन्नुपर्‍यो मैले कहाँ सहयोग गरिनँ ?

    प्रधानमन्त्री प्रचण्डलाई शर्माको प्रश्न – अध्यक्ष कमरेडले भन्नुपर्‍यो मैले कहाँ सहयोग गरिनँ ?

    अनलाइन नेपाल
  • शनिबार, २० साउन २०८०
  • 567
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा आफूलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रयोग मात्र गरेको भन्दै आरोप लगाएका छन् ।

    केन्द्रीय समिति बैठकमा शनिवार आफ्नो धारणा राख्ने क्रममा शर्माले देव गुरुङलाई महासचिव बनाइएकोमा असन्तुष्टि व्यक्त गरेका हुन् ।



    शर्माले आफूलाई चित्त नबुझ्दा नबुझ्दै पनि प्रचण्डको आग्रहमा राष्ट्रपति र सभामुख एकै पार्टीको हुन हुँदैन भनेर बाहिर बोलेको समेत बताए ।



    शर्माले बैठकमा भने, ‘परिस्थिति अदल बदल गर्नुपर्दा वा अन्य कुनै सङ्कट आइपर्दा सधैँ अध्यक्षको पक्षमा खडा भएकै छु । होला कहिलेकाहीँ आँखा जुधाएर कुरा गर्न मन लाग्छ, गरिन्छ पनि । तर त्यसैलाई असहयोग गर्‍यो भनेर नेतृत्वको आडमा नानाथरी बिल्ला भिराएर प्रचारबाजी गरिन्छ । अध्यक्ष कमरेडले भन्नुपर्‍यो– कुन चाहिँ अप्ठेरो मोडमा तपाइले मेरो साथ र समर्थन पाउनु भएन ? तल तल कुन चाहिँ व्यक्तिलाई मैले मलाई गुटको नेता मान्नुपर्छ भनेर भोट मागेको छु ?’

    अध्यक्ष प्रचण्डलाई आफूले सहयोग गरेको तर गलत प्रचार गरेको उनको गुनासो थियो । शर्माले वर्षमान पुन र आफूमध्ये जसलाई महासचिव बनाए पनि मान्य हुने भन्दा भन्दै नयाँ प्रस्ताव ल्याएको आरोप लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार