Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेवा सम्पदा संरचनामा पीएचडी गर्दै मेयर बालेन, काठमाडौं विश्वविद्यालयले दियो फेलोसिप

    नेवा सम्पदा संरचनामा पीएचडी गर्दै मेयर बालेन, काठमाडौं विश्वविद्यालयले दियो फेलोसिप

    अनलाइन नेपाल
  • शनिबार, २० साउन २०८०
  • 762
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेवा सम्पदा संरचनामा पीएचडी गर्ने भएका छन् ।

    काठमाडौं विश्वविद्यालयले प्रदान गर्ने केयू रिसर्च फेलोसिपअन्तर्गत मेयर शाहले पीएचडी गर्न लागेका हुन् ।



    विश्वविद्यालयले फेलोसिप प्रदान गरेपछि सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मेरो पीएचडीको लागि फेलोशिप प्रदान गर्नुभएकोमा काठमाडौं विश्वविद्यालयलाई धन्यवाद। साथीहरू, अब ३ वर्षमा डा बालेन।’



    उनले नेवा सम्पदा संरचनाको संरक्षणका लागि उक्त विषयमा पीएचडी गर्न लागेको जानकारी दिएका छन्। पर्यटन र अर्थतन्त्र उकास्न उक्त विषयमा पीएचडी गर्न लागेको उनले बताएका छन्।

    बालेनले काठमाडौं विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडी गर्न आवेदन दिएका थिए । विश्वविद्यालयले केयू रिचर्स फेलोसिपका लागि बालेनलाई छनोट गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार