Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा सिटीको शानदार सुरुवात, हालान्डको दुई गोल

    इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा सिटीको शानदार सुरुवात, हालान्डको दुई गोल

    अनलाइन नेपाल
  • शनिबार, २७ साउन २०८०
  • 483
    SHARES

    एजेन्सी । डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा शुक्रबार शानदार सुरुवात गरेको छ ।

    सिटीले बर्नलीलाई ३–० गोलले पराजित गर्दै प्रिमियर लिगमा विजयी सुरुवात गरेको हो । जसमा इर्लिङ हालान्डले दुई गोल गरे ।



    तर सिटीको यो जित केभिन डे ब्रुएनाले बेहोरेको चोटका कारण ओझेलमा पर्‍यो । ह्याम्सट्रिङ इन्ज्युरीका कारण ब्रुएनाले केही साता खेल गुमाउन सक्ने छन् ।



    हालान्डले ४ र ३६ औं मिनेटमा गोल गरेयता रोड्रीले ७५ औं मिनेटमा तेस्रो गोल थपे । सिटी लगातार चौथो पल्ट लिग उपाधि जित्ने पहिलो क्लब हुने प्रयासमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार