Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • अब मूल्याङ्कन गरेर नेता चुन्ने विधि बसालिन्छ : जनार्दन शर्मा

    अब मूल्याङ्कन गरेर नेता चुन्ने विधि बसालिन्छ : जनार्दन शर्मा

    अनलाइन नेपाल
  • आइतबार, २८ साउन २०८०
  • 696
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अब मत खसालेर नेतृत्व चुन्ने अभ्यास प्रारम्भ हुने बताएका छन् ।

    शनिबार पार्टीको सहायक सङ्गठन वाइसियल नेपालको मध्यपुर थिमि नगर सम्मेलनलाई सम्बोधन गर्दै उपमहासचिव शर्माले यस्तो बताएका हुन् ।



    उपमहासचिव शर्माले माओवादी केन्द्रमा मत खसालेर नेतृत्व चुन्ने अभ्यास प्रारम्भ हुने र त्यसले पार्टी सङ्गठनमा उथलपुथल ल्याउने बताए ।



    उपमहासचिव शर्माले भने,’मूल्याङ्कन माथिका नेताले गरेर हुँदैन, अब तलकाले मूल्याङ्कन गरेर नेता चुन्ने विधि बसालिन्छ । पार्टीमा माथिका नेतालाई मन नपरे राजनीति नै ध्वस्त बनाइदिन सक्ने अवस्था अन्त्य गर्न र नेतृत्वको वरिपरि घुमेर नेता बन्ने असक्षमहरुबाट पार्टीलाई बचाउन पनि निर्वाचन उत्तम विकल्प हो ।’

    कार्यकारी पदमा मतदानबाट चुनिएर नेता हुने बताउँदै सबैलाई चुनावमा उठ्न अवसर प्राप्त हुने र अध्याधिक मत ल्याउने क्रमागत उम्मेदवारहरू निर्वाचित हुने नेता शर्माले जानकारी गराए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार