Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • शनिबार काठमाडौंका यी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

    शनिबार काठमाडौंका यी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

    अनलाइन नेपाल
  • शुक्रबार, १ भाद्र २०८०
  • 705
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौंका विभिन्न क्षेत्रमा शनिबार विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।

    लप्सी फेदी तथा चाँगुनारायण सब स्टेसन निर्माण आयोजनाले टेकु सब स्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेकोले काठमाडौँका विभिन्न क्षेत्रको विद्युत् सेवा अवरुद्ध हुन लागेको हो ।



    नेपाल विद्युत् प्राधिकरणका अनुसार स्युचाटार सबस्टेसनबाट आपूर्ति भइरहेका विभिन्न फिडरहरूमा बिहान १० बजेदेदि दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने छ ।



    साथै सम्बन्धित टेकु, बालाजु, केटू र केथ्री सबस्टेसनबाट आपूर्ति हुने केही क्षेत्रहरूको विद्युत् सेवा आपूर्ति प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार