Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • दुहवी ग्रिडमा पानी, सात जिल्लाको विद्युत् सेवा अवरुद्ध

    दुहवी ग्रिडमा पानी, सात जिल्लाको विद्युत् सेवा अवरुद्ध

    अनलाइन नेपाल
  • बुधबार, ३ कार्तिक २०७८
  • 1.4K
    SHARES

    इनरुवा । लगातार तीन दिनदेखि अविरल वर्षासँगै आएको बाढीका कारण नेपाल विद्युत् प्राधिकरण दुहवी ग्रिडमा पाँच फिटसम्म पानी जमेको छ । विद्युत् ग्रिडमा पानी जमेका कारण आज बिहानैदेखि सात जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ ।

    दुहवी ग्रिड भएर प्रवाह भएको विद्युत् बिहीबारसम्ममा मात्र सञ्चालन हुने प्राधिकरण दुहवी वितरण शाखा प्रमुख रामउदगार साहले जानकारी दिए । पानी जमेकाले विद्युत् आउने सम्भावना तत्काल कम रहेको र बिहीबारसम्ममा आउने उनले जानकारी दिए ।



    ग्रीडमा पानी पसेका कारणले विद्युत् अवरुद्ध भएको र पानी पस्नेक्रम जारी रहेकाले विद्युत् सञ्चालनमा समस्या भएको दुहबीमा रहेको प्राधिकरण दुहबी ग्रीडका प्रमुख राजेश रेग्मीले जानकारी दिए ।



    बास्ता र टेग्रा खोलाको पानी पसेकाले सुनसरी, मोरङ, धनकुटा, भोजपुर, सङ्खुवासभा, खोटाङ र झापासहितका क्षेत्रमा विद्युत् अवरुद्ध भएको रेग्मीले जानकारी दिए । दुहबीको १३२ केभी प्रसारण लाइन नै डुबानमा परेकाले विद्युत् पूर्ण अवरुद्ध भएको उनले बताए ।

    त्यसैगरी अविरल वर्षासँगै सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्माणाधीन अवस्थामा रहेको ४०० केभी र २२०–१३२–३३ केभी इनरुवा सवस्टेसन डुबानमा परेको छ ।

    सुनसरी खोला नै सवस्टेसनमा पस्दा ठूलो क्षति पुगेको छ । आगामी पुसभित्र (डिसेम्बर २०२१) निर्माण सम्पन्न गरी सञ्चालन गर्ने (चार्ज) लक्ष्यका साथ दुवै सवस्टेसनको काम भइरहेको थियो । बाढीले सवस्टेसनको कम्पाउण्डवाल बगाएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार