Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • घनश्याम भुसाल भन्छन् – माओवादी विद्रोहबारे ओलीको अभिव्यक्ति घृणास्पद र बीभत्स

    घनश्याम भुसाल भन्छन् – माओवादी विद्रोहबारे ओलीको अभिव्यक्ति घृणास्पद र बीभत्स

    अनलाइन नेपाल
  • शनिबार, २ भाद्र २०८०
  • 510
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले तत्कालीन माओवादी सशस्त्र विद्रोहबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति घृणास्पद रहेको बताएका छन् ।

    शनिवार काठमाडौँमा आयोजित ‘२०२८ः झापा विद्रोहको अन्तर्कथा’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै भुसालले सो कुरा बताएका हुन् ।



    उनले आफूलाई नेपालको कम्युनिस्ट पार्टीहरूको इतिहासबारे ओलीले दिने अभिव्यक्ति बीभत्स, डरलाग्दो र घृणास्पद लाग्ने गरेको बताए ।



    महासचिव भुसालले ओलीले मिल्दा तत्कालीन माओवादी सशस्त्र विद्रोहलाई महान् भन्ने गरेको र नमिल्दा हत्यारा र आतङ्ककारी भन्ने गरेको सुन्दा आफूलाई चित्त दुख्ने गरेको जिकिर गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार