Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • गृहमन्त्रीले भाषण गरेर मात्र हुँदैन, पार्टी स्वयं भ्रष्टाचार विरोधी बन्नुपर्छ : महासचिव भुसाल

    गृहमन्त्रीले भाषण गरेर मात्र हुँदैन, पार्टी स्वयं भ्रष्टाचार विरोधी बन्नुपर्छ : महासचिव भुसाल

    अनलाइन नेपाल
  • सोमबार, ८ साउन २०८०
  • 504
    SHARES

    काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले सरकारले भ्रष्टाचार काण्डका दोषीहरुलाई कडा कारबाही गर्नुपर्ने बताएका छन् ।

    काठमाडौंमा पुष्पलाल स्मृतिको सन्दर्भ पारेर आयोजित ‘समाजवादी यात्राको चुनौतीः भ्रष्टाचार र दण्डहीनता’ विषयक कार्यक्रममा महासचिव भुसालले नक्कली भुटानी शरणार्थी र सुन तस्करी प्रकरणमा संलग्नलाई निर्ममतापुर्वक कारबाही गर्न सरकारलाई सचेत गराएका हुन् ।



    भुसालले समाजवादको यात्रालाई ठीक राख्न पार्टी स्वयमलाई भ्रष्टाचार विरोधी बनाउन आवश्यक रहेको औल्याँए ।



    उनले समाजवादको यात्रा सुरक्षित गर्न एकजना गृहमन्त्री आएर भाषण गरेर मात्रै केही नहुने भन्दै त्यसको लागि भ्रष्टाचाररहित पार्टी निमार्ण गर्नुपर्नेमा जोड दिए ।

    महासचिव भुसालले पार्टीका नेता र कार्यकर्ताहरुले आम्दानीभन्दा बढी उपभोग गर्न लागेमा जति प्रयास गरेपनि समाजवादको ग्यारेन्टी गर्न नसकिने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार