Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • घनश्याम भुसालको आरोप – केपी ओलीले कम्युनिस्ट पार्टीकै छवि बिगारे, एमाले नर्कको बाटोतर्फ

    घनश्याम भुसालको आरोप – केपी ओलीले कम्युनिस्ट पार्टीकै छवि बिगारे, एमाले नर्कको बाटोतर्फ

    अनलाइन नेपाल
  • शनिबार, ६ साउन २०८०
  • 600
    SHARES

    फाइल तस्विर

    विराटनगर । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीको छवि बिगारेको बताएका छन् ।

    शनिबार विराटनगरमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।



    उनले चरम गुटबन्दी र एकले अर्कालाई गाली गर्ने प्रवृत्तिका कारण ओलीले कम्युनिस्ट पार्टीकै छवि बिगारेको आरोप लगाए ।



    ओलीका कारण उदाएको घण्टी (रास्वपा)ले अहिल्यै केही नगरेको तर नसुध्रिए घण्टी मात्र नभई ‘शंख’ पनि आउन सक्ने उनले बताए । उनले एमाले नर्कको बाटोतर्फ लागेको समेत टिप्पणी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार