Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • देश र राजनीति बिग्रनुमा नेताहरूको भूमिका छ : घनश्याम भुसाल

    देश र राजनीति बिग्रनुमा नेताहरूको भूमिका छ : घनश्याम भुसाल

    अनलाइन नेपाल
  • शनिबार, १६ मंसिर २०८०
  • 543
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेताहरुलाई गाली गर्ने काम बन्द गर्न आग्रह गरेका छन् ।

    शनिवार काठमाडौंमा आयोजित विचार गोष्ठीमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले मुलुकको राजनीति नेताहरुले बिगारेको भएपनि नयाँ पुस्ताले उनीहरुलाई गाली गरेर आफ्नो औचित्य पुष्टि गर्न नसक्ने बताए ।



    ‘इतिहासमा यी नेताहरुलाई गाली गरेर कुने जेनेरेसनले आफ्नो पिढीको औचित्य पुष्टि गर्न सक्दैन। अब नेतालाई गाली गर्ने समय पनि सकियो होला। यो गाली मात्रै गर्दाखेरी त हाम्रो जिन्दगी गाली गरेर मात्रै जाने भयो। त्यसो हुनाले यो च्याप्टर क्लोज गरिदिऊँ,’ उनले भने ।



    अबको पुस्ताले नेताहरूलाई गाली गरेर जिन्दगी बिताउने काम गर्न नहुनेमा उनले जोड दिए । उनले देश र राजनीति बिग्रनुमा नेताहरूको भूमिका रहेको भने स्वीकार गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार