Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपालका राजनीतिक दलहरुसँग देश बनाउने एजेन्डा नै छैन : घनश्याम भुसाल

    नेपालका राजनीतिक दलहरुसँग देश बनाउने एजेन्डा नै छैन : घनश्याम भुसाल

    अनलाइन नेपाल
  • मंगलबार, २३ असोज २०८०
  • 645
    SHARES

    फाइल तस्विर

    दाङ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालका राजनीतिक पार्टीहरुसँग देश बनाउने एजेन्डा नै नरहेको टिप्पणी गरेका छन् ।

    एकीकृत समाजवादीको जागरण अभियानका क्रममा दाङमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव भुसालले यस्तो बताएका हुन् ।



    महासचिव भुसालले एकीकृत समाजवादीसँग मात्र देश बनाउने एजेन्डा रहेको जिकिर गरे। उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसद् चल्न नदिने र सत्तामा जाने दाउमा मात्र सीमित रहेको आरोप लगाए ।



    महासचिव भुसालले भने, ‘कोसँग एजेन्डा छ ? ओलीजी संसद् चल्न नदिने, गडबडी पैदा गरेर फेरि सरकारमा कसरी जान सकिन्छ भनेर दिनरात लागेका छन् । अब त्योभन्दा बढी जिन्दगीमा केही गर्दैनन्। तिनले जहिलेसम्म एमालेको नेतृत्व गर्नेछन्, त्यो नेकपा (एमाले)लाई नरकतर्फ लतार्नेछन् । दक्षिणपन्थतर्फ लतार्नेछन् । सत्तालिप्साको वरिपरि लैजानेछन् ।’

    उनले नेपाली कांग्रेसका निम्ति समाजवाद आइसकेको भन्दै कटाक्ष गरे । नेकपा माओवादी केन्द्रले माओवाद नत्यागेसम्म आस गर्न नसकिने उनको भनाइ छ ।

    उनले लोकतान्त्रिक गणतन्त्रमा पनि जनताले नयाँ जिन्दगी पाउन नसकेको बताए । जताततै उकुसमुकुस भइरहेको उनले उल्लेख गरे ।  यस्तो बेलामा एकीकृत समाजवादी नै अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार